चलचित्र बनाउने तयारीमा मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल, ‘टिकटक’ बाट खोज्दै कलाकार



२३ चैत्र २०७६, काठमाडौँ

मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकाल लकडाउनको समय टिकटकमा बिताइरहेकी छिन् । वास्तवमा उनी टिकटक मा कलाकार खोजिरहेकी छिन् ।

मिनाले केहीसमय अघि चलचित्र बनाउने तयारी गरिरहेको बताएकी थिइन् । अहिले उनी टिकटकमा आफ्नो चलचित्रको लागि कलाकार खोजिरहेकी छिन् । मिनाले सामाजिक सञ्जाल मार्फत यो कुराको जानकारी दिएकी हुन् ।

मिनाले माहोल सामान्य भएपछि आफू चलचित्रको काममा व्यस्त हुने बताएकी छिन् । उनले बेला बेलामा गीत गाएर पनि सामाजिक सञ्जालमा हाल्ने गरेकी छिन् । उनले १,२ वटा गीत रेकर्ड पनि गराएकी छन् ।

प्रतिक्रिया दिनुहोस्