४ सय करोडमा ‘रामायण’ बन्ने, ऋतिक र दिपिका बन्ने भए राम र सिता !



२२ चैत्र २०७६, काठमाडौँ

निर्देशक नितेश तिवारीले विगत ३ बर्षदेखि चलचित्र रामायण बनाउने सोच बनाइरहेका छन् । चलचित्रको स्क्रिप्ट विगत ३ बर्षदेखि नै लेखिदैँ छ । तर चलचित्रको स्क्रिप्टको काम अझै सकिएको छैन ।

नितेश रामायणलाई ऐतिहासिक चलचित्र बनाउन चाहन्छन् । जसको लागि उनी लगायत उनको टिम यस चलचित्रको लागि यतिधेरै खटिरहेको छ । चलचित्रको कथावस्तु त राम्रो बन्नेनै छ त्यतिमात्र नभएर चलचित्रको बजेट पनि निकै नै महंगो हुने नितेशले बताएका छन् ।

नितेशका अनुसार, फिल्मको बजेट ४ सय करोडभन्दा बढी हुनेछ । यसमा भिएफएक्स र भिजुअल इफेक्टको अत्याधिक प्रयोग हुनेछ । नितेशले भनेका छन्, ‘रामायणको कयौं भर्सन छ । धेरैमा रावणलाई पापीको रूपमा चित्रण गरिएको छैन, जबकि धेरैमा सीताको दृष्टिकोणबाट फरक कथा छ । हामीले अहिलेसम्म तीन सयभन्दा बढी संस्करणहरू अध्ययन गरिसकेका छौं । हाम्रो टिमले विगत तीन बर्षदेखि यसमा अनुसन्धान गरिरहेका छन् ।’ उनका अनुसार, फिल्ममा रावणतर्फको कथा देखाइनेछ ।

चलचित्रमा रामको भूमिकाको लागि अभिनेता ऋतिक रोशन र सिताको भूमिकामा नायिका दिपिका पादुकोणलाई अफर गरिएको छ । उनीहरुले यसबारे केही जानकारी दिएका छैनन् । तर भारतीय मिडियाले बताए अनुसार ऋतिक र दिपिका दुवै चलचित्रलाई लिएर उत्साहित छन् र उनीहरु नै चलचित्रमा देखिने सम्भावना प्रवल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्