धुर्मुस-सुन्तलीको अपिल : ‘कोरोनालाई मजाकमा नलिऔँ, लकडाउनको समयमा घरबाट बाहिर नजाऔँ’



२२ चैत्र २०७६, काठमाडौँ

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास नेपालमा पनि भएकाले सरकारले यतिबेला नेपाललाई लकडाउन गरेको छ । जसका कारण सबैजना क्वारेन्टाइनमा रहेका छन् ।

नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैको ज्यान गएको छैन । तर यसको खतरा धेरै भएका कारण नै लकडाउन गरिएको हो । तरपनि केही व्यक्तिहरुले भने कोरोनालाई मजाकको रुपमा लिएर लकडाउनको उल्लघंन गरिरहेका छन् ।

यसैबिच सामाजिक अभियान्ता तथा कलाकार सिताराम कट्ट्ल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गदै कोरोनालाई मजाकको रुपमा नलिन सबैलाई अपिल गरेका छन् ।

धुर्मुस सुन्तलीले केही समयअघि पनि कोरोनाबाट सुरक्षित रहन सबैलाई आग्रह गर्दै एक भिडियो सार्वजनिक गरेका थिए । अहिले उनीहरुले सार्वजनिक गरेको भिडियोमा उनीहरुले लकडाउनको समयसम्म घरमै बस्न सबैलाई आग्रह गरेका छन् । लकडाउनका कारण उनीहरुले केहीसमयको लागि रगंशाला निर्माणको काम पनि रोकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्