कोरोनाबाट प्रभावित व्यक्तिलाई बलिउड नायिका कगंनाले गरिन् २५ लाख सहयोग



२२ चैत्र २०७६, काठमाडौँ

बलिउडकी चर्चित अभिनेत्री कगंना रनावतले कोरोनाबाट प्रभावित व्यक्तिहरुको सहयोगको लागि २५ लाख डोनेट गरेकी छिन् । हुन त उनी बेला बेलामा च्यारिटीमा सहयोग गरिरहेकी हुन्छिन् ।

कगंनाले यस्तो समयमा सबैले एकअर्कालाई सक्नेजति सहयोग गर्न आवश्यक रहेको बताएकी छिन् । उनले आफूले डोनेट गरेसँगै अरुलाई पनि सहयोग गर्न अपिल गरेकी छिन् ।

कगंनासँग बलिउडका अन्य सेलिब्रेटी आलिया भट्ट, अक्षय कुमार, साराअली खान, वरुण धवन, कार्तिक आर्यन, सलमान खान, शाहरुख खान, विक्की कौशल, अजय देवगण लगायतका कलाकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्