थप तीन जनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय



२२ चैत्र २०७६, काठमाडौं

स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भाइरस) संक्रमण भएका थप तीनजना बिरामी भेटिएको बताएको छ ।

मन्त्रालयको आधिकारिक फेसबूक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् ।

संक्रमितहरुमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको पेजमा उल्लेख गरिएको छ ।

यसअघि पनि नेपालमा ६ जना कोरोना संक्रमितहरु फेला परिसकेको छन् । योसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ९ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्