एक घर एक रक्तदाता अभियान : घरदैलामै रगत सङ्कलन



२२ चैत २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड –१९)को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा र महाबौद्ध उपशाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान जारी राखेका छन् ।
यस अन्तर्गत काठमाडौ महानगरपालिका (कामपा) वडा नं १५ चागल निवासी समाजसेवी राकेश कर्माचार्यको अगुवाईमा शुक्रबार कामपा सो वडाको चागल, लखतीर्थ र धुम्बाखेलका १३ जना स्वयंसेवी रक्तदाताले रगतदान गर्नुभयो ।

“विशेष अवस्थामा रगतको अभाव हुन नदिन सामाजिक सञ्जालमार्फत् रक्तदातालाई आह्वान गरी रक्तदानको कार्यक्रम आयोजना गरेका हौँ । ” स्थानीयवासी रामेश्वरमान कर्माचार्यले भन्नुभयो । लकडाउनका अवस्थामा रगतको अभाव हुन नदिन सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले रक्तदाताको पायक पर्ने स्थानमा पुगी सामाजिक दूरी कायम गरी रगत सङ्कलन जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्