चलचित्रका प्राविधिकलाई अभिनेता पल शाहले गरे ५ लाख सहयोग



२१ चैत्र २०७६, काठमाडौँ

लकडाउनका कारण चलचित्रका प्राविधिकहरुमा पनि समस्या देखिएको छ । त्यहि चलचित्रको भरमा नै गुजारा चलाइरहेका प्राविधिकहरुको चलचित्रको छायांकन नभएपछि विचल्ली भएको छ ।

छक्का पञ्जा टिमले प्राविधिकहरुको लागि १ लाख १ हजार सहयोग गरेका छन् । यस्तै अभिनेता पल शाहले पनि प्राविधिकहरुको लागि सहयोग गरेका छन् ।

पलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दिनरात चलचित्र क्षेत्रमा खटिने प्रावधिकहरुको लागि आफूले ५ लाख सहयोग गर्न लागेको बताएका छन् ।

पलले आर्थिक अवस्था कमजोर भएका र चलचित्र क्षेत्रमा सकृय हरेकको साथमा आफू भएको र केही अफ्ट्यारो परे सहयोग गर्न तयार भएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्