‘छक्का पञ्जा’ टिमले गर्‍यो चलचित्रका प्राविधिकहरुलाई १ लाख १ हजार सहयोग



२१ चैत्र २०७६, काठमाडौँ

चलचित्र छक्का पञ्जा टिमले चलचित्र प्रावधिकहरुलाई १ लाख १ हजार सहयोग गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै दिपकराज गिरी, दिपाश्री निरौला लगायतको टिमले यो कुराको जानकारी दिएको हो ।

दिपकले लेखेका छन्, ‘चलचित्रकर्मी साथीहरु, हामीलाई शूटिमको समयमा भोक लाग्दा खाना खुवाउने, हामीलाई गमी हुँदा छाता ओढाउने, हामीलाई राम्रो देखाउन गह्रौं लाइट उचाल्ने प्राविधिकहरुका लागि यो कठिन समयमा केही सहयोग गरौं,’ ‘हाम्रो तर्फबाट १ लाख १० हजार दिँदैछौं ।’

लकडाउनका कारण धेरै चलचित्र प्राविधिकहरुमा समस्या देखिएको छ । उनीहरुलाई आर्थिक संकट परेकाले अन्य कलाकारलाई पनि सहयोग गर्न छक्का पञ्जा टिमले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्