शाहरुखको सहयोग : राहत कोषमा रकमदेखि ५५ सय परिवारलाई खाना खुवाउने सम्म



२१ चैत्र २०७६, काठमाडौँ

शाहरुख खान बलिउडका चर्चित अभिनेता हुन् । केहीदिन यता बलिउडका कलाकारले कोरोनाबाट प्रभावित व्यक्तिलाई यति करोड सहयोग गरे, उति करोड सहयोग गरे भनेर समाचार आइरहेका छन् ।

यस्तोमा बलिउडका बहुचर्चित अभिनेता शाहरुख खानले भने केही सहयोग गरेनन् भनेर उनको आलोचना भैरहेको थियो । हुन त शाहरुखले सहयोग गरेको कुरा देखाउन आवश्यक नभएको ठान्छन् ।

तर सामाजिक सञ्जालमा अहिले भने उनले आफूले कोरोनाबाट प्रभावित व्यक्तिलाई सहयोग गरिरहेको खुलाएका छन् । उनले अहिलेको समयमा हामी सबैले एकअर्काको साथ दिन आवश्यक रहेको बताएका छन् ।

यस्तै शाहरुखले  विभिन्न ६ राज्यमा सहयोगको योजना सार्वजनिक गरेका छन । यसका साथै, साहरुखले प्रधानमन्त्री राहत कोष, महाराष्ट्र मुख्यमन्त्री राहत कोष र वेष्ट बंगाल मुख्यमन्त्री राहत कोषमा सहयोग गर्ने बताएका छन ।

यस्तै, साहरुखको क्रिकेट टिम र उनको एनजीओले बंगाल र महाराष्ट्र सरकारलाई ५० हजार पीपीई उपलब्ध गराउने बताएको छ । यस्तै, साहरुखको एनजीओ मीर फाउन्डेशनले एक महिनासम्म मुम्बइका ५५ सय परिवारका लागि खानको समेत व्यवस्था गर्नेछ ।

त्यतिमात्र नभएर शाहरुखले अस्पतालमा रहेको बिरामीहरुको लागि पनि खानाको व्यवस्था गर्ने बताइएको छ । केहीदिन अघिसम्म शाहरुखले सहयोग गरेनन् भनेर आलोचना गर्नेहरु आज शाहरुखको काम देखेर उनको निकै प्रशंसा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्