कोरोनाबाट प्रभावित व्यक्तिहरुको सहयोगको लागि बलिउड अभिनेता अजय देवगणले गरे १८ करोड सहयोग !



२१ चैत्र २०७६, काठमाडौँ

बलिउड सेलिब्रेटीहरुले कोरोनाबाट प्रभावित व्यक्तिको सहयोगको लागि प्रधानमन्त्री राहत कोषमा आफूले सकेजति रकम जम्मा गरिरहेका छन् । यसैबिच बलिउड अभिनेता अजय देवगणले पनि कोरोनाबाट प्रभावित व्यक्तिको सहयोगको लागि १८ करोड सहयोग गरेको बताइएको छ ।

अजयले आफैले यो कुराको जानकारी दिएका छैनन् । तर भारतीय सञ्चार माध्यमले बताए अनुसार उनले यतिधेरै रकम सहयोग गरेका छन् । अजय देवगणले यस्तो अवस्थामा देशको लागि केही सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्