कोरोनासँग लडिरहेका महिलाहरुलाई प्रियंकाले गरिन् १ लाख डलर सहयोग



२१ चैत्र २०७६, काठमाडौँ

बलिउड तथा हलिउडकी चर्चित नायिका प्रियंका चोपडाले कोरोनाबाट समस्यामा परेका महिलाहरुलाई १ लाख डलर सहयोग गरेकी छिन् । उनले इन्ष्टाग्राम मार्फत यो कुराको जानकारी दिएकी हुन् ।

प्रियंकाले यस्तो समयमा हामी सबैले एकअर्काको सहयोग गर्न आवश्यक रहेको बताएकी छिन् । साथै उनले अरुलाई पनि कोही कोरोनाबाट प्रभावित महिलाहरु छन् भने तिनको डिटेल आफूलाई पठाउन आग्रह गरेकी छिन् । उनले ती महिलाको पनि सहयोग गर्ने बताएकी छिन् ।

प्रियंकाको यस्तो घोषणापछि उनका फ्यानहरु निकै नै खुसी भएका छन् र उनको तारिफ पनि गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्