काठमाडौं महानगरपालिकाको नगरवासीमा अपिल



२० चैत २०७६, काठमाडौं

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको दुई हप्ते ‘लकडाउन’ लाई उल्लंघन गर्ने छिटफुट गतिविधिहरु हुन थालेको विषयमा काठमाडौं महानगरपालिकाले ध्यानाकर्षण गराएको छ ।

जारी अपिलमा महानगरपालिकाले नगरवासीलाई कोरोना संक्रमणलाई सामान्य रुपमा लिनु ठूलो गल्ती हुने सक्ने भएकोले लकडाउन घोषणालाई पूर्ण पालना गरी घरैमा बसेर नेपाल सरकारको कोरोना विरुद्धको राष्ट्रिय अभियानलाई सहयोग पुर्‍याउन सम्पूर्ण महानगरवासीलाई हार्दिक अपिल गरेको छ ।

काठमाडौं महानगरद्वारा नगरवासीमा जारी अपिल :

प्रतिक्रिया दिनुहोस्