कोरोनाबाट प्रभावित व्यक्तिलाई सहयोग गरिन भन्नेलाई सोनाक्षीको जवाफ, ‘सहयोग गरेको कुरा भन्नैपर्छ भन्ने जरुरी छैन’



२० चैत्र २०७६, काठमाडौँ

बलिउड नायिका सोनाक्षी सिन्हाले आफूलाई आलोचना गर्नेलाई गतिलो जवाफ दिएका छिन् । वास्तवमा कोरोनाबाट प्रभावित व्यक्तिहरुको सहयोगको लागि खोलिएको प्रधानमन्त्री राहत कोषमा विभिन्न सेलिब्रेटीले सहयोग गरिरहेका छन् ।

यसबिच नाम चलेका बलिउड सेलिब्रेटीहरु जस्तै, अमिताभ बच्चन, शाहरुख खान, सोनाक्षी सिन्हाले भने सहयोग नगरेको भन्दै सामाजिक सञ्जालमा उनीहरलाई आलोचना गरिएको छ ।

यसबारे सोनाक्षीले भनेकी छिन्, ‘म ती व्यक्तिहरुका लागि केही समय मौन बस्न चाहन्छु, जो घोषणा नगर्दा सहयोग नै गरेको छैन भन्ने सोच्छन । अब शान्त बस र आफनो समय कुनै सुखद कामका लागि लगाउ । भन्ने वा नभन्ने, यो मेरो मर्जीको बिषय हो ।’

प्रतिक्रिया दिनुहोस्