कुकुरलाई खाना खुवाएको भिडियो पोष्ट गर्दै बर्षाले भनिन्, ‘आफ्नो घर वरपरको जनावरलाई पनि सकेजति खाना खुवाऔँ’



२० चैत्र २०७६, काठमाडौँ

नायिका बर्षा सिवाकोटीले केहीसमय अघि कोरोनाका कारण समस्यामा परेका मजदुरका लागि १ लाख सहयोग गरेकी थिइनन् । सबैले उनको कामको निकै प्रशंसा गरेका थिए ।

अहिले फेरि उनले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गरेकी छिन् । जहाँ उनले कुकुरहरुलाई खाना खुवाइरहेकी छिन् । कुकुर मानिसमा निर्भर रहने प्राणी हुन् । हामीले दिए उनीहरुले खान्छन् नत्र उनीहरु भोकै हुन्छन् ।

अहिले सबै मानिस क्वारेन्टाइनमा रहेकाले कुकुर लगायत अन्य जनावरहरुको विचल्ली भएको छ । बर्षाले कुकुरहरुलाई खाना खुवाइरहेको भिडियो पोष्ट गर्दै सबैलाई आफ्नो घर वरपरको जनावरलाई आफूले सक्ने जति खाना खुवाउन आग्रह गरेकी छिन् । बर्षाले उक्त भिडियो पोष्ट गरेपछि एकपटक उनका फ्यानले फेरि उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्