सहयोग गरेनन् भनेर आलोचना गर्नेलाई दिपकको जवाफ, ‘करोडौ कमाउने बलिउड कलाकारसँग हाम्रो तुलना गर्न मिल्दैन’



२० चैत्र २०७६, काठमाडौँ

यतिबेला सामाजिक सञ्जालमा सेलिब्रेटीहरु आलोचित भैरहेका छन् । बलिउड सेलिब्रेटीहले दिनहुँ यति करोड सहयोग गरे, उति करोड सहयोग गरे भनेर समाचार आइरहेका हुन्छन् । यस्तोमा नेपाली सेलिब्रेटीले सहयोग गरेको समाचार कमै आइरहेको हुदाँ कलाकारहरु आलोचित हुनु परेको छ ।

यसबारे दिपकले गुनासो पाखेको छन् । दिपकले बलिउडकर्मीसँग हाम्रो तुलना नै गर्न नमिल्ने बताएका छन् । उनले एउटै चलचित्रबाट ५० करोड लिने बलिउड कलाकार र ३० लाख लिने नेपाली कलाकारलाई एउटै रुपमा हेर्न नमिल्ने बताएका छन् । दिपकको कुरा पनि सहि नै हो । बलिउडकर्मीले धेरै कमाउँछन् र त्यहि अनुसार सहयोग गर्छन्, जुन नेपाली कलाकारले गर्न सम्भव छैन ।

यस्तै दिपकले कलाकारले पनि आफ्नो घरपरिवार चलाउनु पर्ने बताएका छन् । उनले भने, ‘हामीलाई पनि १६ करोड कमाएको चलचित्रका निर्माताले खै सहयोग गरेको भन्छन् । सहयोग आफ्नो खुशी अनुसार गर्ने हो । कसैले कर गरेर सहयोग हुँदैन । १६ करोडमा ६ करोड हात पर्छ, २ करोड लगानी हुन्छ । ७ जना निर्मातालाई वितरण गर्दा एउटाको हातमा कती पर्छ र ?’ यसैले बलिउड कलाकारसँग तुलना गरेर नेपाली कलाकारलाई गाली गर्नु राम्रो कुरा होइन ।’

साथै दिपकले सहयोग भनेको करले नभई आफ्नो रहरले दिने भएकाले यसमा आलोचना गर्नुपर्ने कुनै कारण नै नभएको बताएका छन् । दिपकले ठूला ठूला उद्योगपतिले कमाएको नदेख्ने तर कलाकारको भने सानो कुरा पनि नोटिस हुने भएकाले बेला बेलामा कलाकारले आलोचना खेप्नु गरेको भन्दै गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्