लकडाउनका कारण भाईको अन्तिम संस्कारमा जान पाएनन् सलमान



१९ चैत्र २०७६, काठमाडौँ

केहीदिन अघिमात्र सलमान खानको फूपूको छोरा अब्दुलाको निधन भएको थियो । सलमानले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका थिए । अब्दुलाको निधनले निकै दुखी सलमान उनको अन्तिम संस्कारमा पनि जान पाएनन् ।

कोरोनाका कारण भएको लकडाउनका कारण उनी अब्दुलाको अन्तिम संस्कारमा जान नपाएका हुन् । अब्दुलाको अन्तिम संस्कार इन्दौरस्थित उनको गाउँमा हुने भएकाले सलमान जान नपाएका हुन् ।

यो कुराको जानकारी सलमानका म्यानेजरले दिएका हुन् । यद्यपि माहोल शान्त भएपछि भने सलमानले अब्दुलाको परिवारलाई पक्कै पनि भेट्ने छन् ।

प्रतिक्रिया दिनुहोस्