अभिनेता निखिल उप्रेतीले भने, ‘कोरोना हाम्रै कारणले आएको हो’



१९ चैत्र २०७६, काठमाडौँ

लकडाउनको कारण क्वारेन्टाइनमा रहेका अभिनेता निखिल उप्रेतीले घरलाई घर नभएर खोर भन्न रुचाउने बताएका छन् । उनले जति नै सम्पन्न घर भएपनि बाध्यताले धेरै समयसम्म बस्नुपर्दा त्यो खोर हुने बताएका छन् ।

उनले अहिले आफू घरमा नभएर खोरमा बसेको अनुभव भैरहेको बताएका छन् । साथै निखिलले यो अवस्था हामी आफैले सिर्जना गरेको बताएका छन् । उनले कोरोना भाइरस मानिसले नै ल्याएको बताएका छन् ।

उनले भनेका छन्,  ‘विज्ञानले प्रगतिको पराकाष्ट कुनैमा गरेको छ भने त्यो हात-हतियारमा हो । अहिले विश्वका कतिपय देशसँग क्षणभरमा विश्वलाई समाप्त पार्ने हतियार छन् । हामीले हिंसा र हत्याका लागि नै विज्ञानको प्रयोग गर्दै आएका छौं । र, त्यही विकासको क्रममा हामीले गरेको गल्तीले नै यो कोरोना आएको हो ।’

कोरोना फैलिनुको कारण मानिसले गरेको गल्तीको परिणाम रहेको बताउँदै उनी अगाडि भन्छन्, ‘हामी खोरमा बस्दा समेत चैनसँग बस्न सकेका छैनौं । हामी आफैंले कोरोनालाई जन्म दिएका हौं । हामीले गल्ती नै गरिसकेका छौं भने अब सयंमताका साथ बसौंन ।’

निखिलले सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै यी सबै कुरा बताएका छन् । साथै निखिलले अब केहीसमयको लागि कोरोनाबाट आफूलाई बचाइराख्न सबैलाई अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्