कनिकाको पाचौँ रिपोर्ट पनि पोजेटिभ तर डाक्टरले भन्छन्, आत्तिन जरुरी छैन



१९ चैत्र २०७६, काठमाडौँ

भारतीय चर्चित गायिका कनिका कपुर कोरोना संक्रमित भएपछि यतिबेला उनको लखनउको अस्पतालमा उपचार भैरहेको छ । कनिका अस्पतामा भर्ना भएको १२ दिन पुरा भैसकेको छ । तर पाचौँ पटक कोरोना टेस्ट गराउँदा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ ।

डाक्टरको भनाइ अनुसार २ पटकसम्मको रिपोर्ट नेगेटिभ आएमा उसको स्वास्थ्य अवस्थामा सुधार आएको मानिन्छ । तर कनिकाको रिपोर्ट नेगेटिभ आएको छैन । तर डाक्टरले कनिकाको अवस्था निकै गम्भिर पनि नभएको बताएका छन् ।

डाक्टरले उनको परिवारलाई नआत्तिन आग्रह गरेका छन् । उनले केहीसमयमा कनिका स्वस्थ्य हुनेसम्म बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्