‘घमण्ड त्याग्नुस्, म पनि त्याग्छु’ : दिपकराज गिरी



१९ चैत्र २०७६, काठमाडौँ

दिपकराज गिरी सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्दै क्वारेन्टाइनको समय लकडाउन कहिले सकिन्छ भनेर दिन गन्नुभन्दा पनि आफ्नो परिवारसँग रमाइलो गरेर बिताउन आग्रह गरेका छन् ।

साथै उनले भिडियोमा भनेका छन्, तपाई घमण्ड त्याग्नुस् म पनि त्याग्छु । उनले यो कुरा कुन सन्दर्भमा भने त्यो भने बुझ्न सकिएको छैन । तर उनको भनाई गलत पनि छैन ।

साथै दिपकले आजभोली एटिम मसिनमा पनि धेरै मानिस नहुने बताएका छन् । उनले मजाक गर्दै भिडियोमा पैसा पनि क्वारेन्टाइनमा बसेको बताएका छन् । साथै दिपकले लकडाउनमा घटनाहरु कम घट्ने भएकाले लकडाउन नहुदाँ पनि त्यो माहोल हामीले सधैँ बनाउन आवश्यक भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्