लकडाउनको समयमा पियानो बजाउन सिक्दै बलिउड अभिनेता ऋतिक रोशन



१९ चैत्र २०७६, काठमाडौँ

यतिबेला बलिउड सेलिब्रेटीहरु लकडाउनका कारण क्वारेन्टाइनमा रहेका छन् । कोही पुस्तक पढ्दै, कोही चलचित्र हेर्दै, कोही व्यायाम गर्दै त कोही खाना बनाउन सिक्दै आफ्नो समय बिताइरहेका छन् ।

यसैबिच अभिनेता ऋतिक रोशनले भने लकडाउनको समयमा पियानो बजाउन सिक्दैछन् । उनले इन्ष्टाग्राममा एक भिडियो सेयर गर्दै आफ्नो समय पियानो बजाउन सिकेर बितिरहेको बताएका छन् ।

उनले धेरैदिन सम्म युट्युबमा भिडियो हेरेर पियानो बजान सिकिरहेको बताएका छन् । यस्तै उनले प्रधानमन्त्री राहत कोषमा ४ करोड रकम सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्