छोराछोरीलाई खुसी पार्न डान्स गर्दै सन्नी र उनका श्रीमान डेनियल (भिडियो)



१९ चैत्र २०७६, काठमाडौँ

सन्नी लियोनी बलिउडकी सफल अनि चर्चित नायिका हुन् । उनी प्राय आफ्नो निजी जीवनका कारण चर्चामा आइरहेकी हुन्छिन् । कोरोनाका कारण यतिबेला भारतलाई लकडाउन गरिएको छ । जसको कारण सन्नी पनि पुरा समय आफ्नो परिवारसँग बिताइरहेकी छिन् ।

सन्नीले हालैमात्र सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन् । जहाँ उनले आफ्ना बच्चाहरुलाई खुसी पार्नको लागि डान्स गरेकी छिन् । जसमा उनका पतिले पनि उनको साथ दिएका छन् । सन्नी उनको बच्चाहरुलाई निकै माया गर्छिन् ।

भिडियोमा सनीका बच्चा निशा, आशार र नोआहले आमा बाबुको नाचमा मजा लिदै देखिन्छन् । उनले पोष्ट सेयर गर्दै आफ्ना सन्तानलाई खुसी पार्न जस्टिन टिम्बरलेकको गीतमा नृत्य गरेको बताएकी छन् । साथै उनले आफ्ना श्रीमान डेनियलको नृत्य ‘बेस्ट’ भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्