१७ बर्षको उमेरमा लागुपदार्थ दुव्र्यसनमा फसेकी कगंनाले कोरोनादेखि त्रसित नहुन दिइन् यस्तो सुझाव



१९ चैत्र २०७६, काठमाडौँ

बलिउड नायिका कगंना रनौतले एक भिडियो मार्फत अहिले लकडाउनको समयमा कसैलाई पनि नआत्तिकन घरमा बस्न आग्रह गरेकी छिन् । उनले यो समय मुश्किल भएको तर सबैले यो समय आफूलाई बचाइराख्न आग्रह गरेकी छिन् ।

उनले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सबैजना त्रसित भएको तर आफूलाई सुरक्षित राखेमा यसबाट बच्न सकिने बताएकी छन् । साथै भिडियोमा उनले आफ्नो जीवनमा घटेको एक घटना पनि बताइन् ।

उनले भिडियोमा भनेकी छिन्, ‘डेढ÷दुई वर्ष म स्टार थिएँ र एक लागूऔषध दुव्यसनी थिएँ । म यस्ता मानिसहरुको संगतमा फसेको थिएँ कि मलाई त्यसबाट बाहिर केवल मृत्युले मात्र ल्याउँन सक्थ्यो । यो सबै म १७ वर्षको हुँदा नै मेरो जिवनमा घटेको घटना थियो ।’

उनले यस्तो मुश्किल समयमा ध्यान, योग र साधना आदि गर्नुपर्ने जानकारी दिएकी छन् । जसबाट हरेक मुश्किल समयबाट बाहिर आउन सक्ने बताएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्