निःशुल्क खाद्य सामग्री वितरण अभियान–३



१८ चैत २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लकडाउन नीतिको कारण असहाय, अपाङ्ग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको यस बिषम् परिस्थितिमा महानगरीय प्रहरी कार्यालयको बिशेष पहल एवं बिभिन्न बैंकहरुसँगको सहकार्यमा निःशुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत आज तेस्रो दिन नेपाल ह्युमन सर्भिस अर्गनाइजेशन मनमैजुमा रहेका ३० जना, काठमाण्डौ, नव जीवन समाज, फुटुङ काठमाण्डौमा रहेका २० जना यसै गरी पवित्र समाज सेवा टोखामा रहेका ५५ जना  र महानगरीय प्रहरी कार्यालयको हटलाईमा फोन सम्पर्क गर्ने दैनिक ज्यालादारी मजदुरहरु २ जनालाई समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख  विश्वराज पोखरेल आफैं उपस्थित भई अत्यावश्यक खाद्य सामाग्री वितरण गरेका छन् ।

मुलुक लकडाउनको बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु(चोरी, डकैति, हत्या, हिंसा,ठगी) रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लक डाउन अवधिभर विहान ९ बजे देखि साझँ ६ बजे सम्म निरन्तर संचालन गरिने समेत महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले बताएका छन् ।

साथै यस अवधिभर उपत्यकामा अवस्थित कोहि कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउनु हुन समेत प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्