आमिरसँग काम गर्न चाहन्छिन् कगंना



१८ चैत्र २०७६, काठमाडौँ

कगंना रनौतलाई भर्सटाइल अभिनेत्रीको रुपमा चिनिने गरिन्छ । उनले चलचित्रमा आफूले पाएको भूमिकालाई सशक्त निभाउने गरेकी छिन् । त्यसैकारण नै उनी सधैँ चर्चामा रहिरहन्छिन् ।

कगंनाले हालैमात्र एक अन्तवार्तामा आफूलाई आमिर खानसँग काम गर्न इच्छा भएको बताएकी छिन् ।

कंगनाले दिलिप कुमार र मधुबालाको प्रेमकथामा फिल्म बनाउन चाहेको बताएकी छिन् । उनले आफुले उक्त फिल्ममा मधुबालाको भूमिका निभाउन चाहेको र दिलिप कुमारको भूमिका आमिर खानले निभाउन भन्ने चाहेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्