अक्षयले राहत कोषमा २५ करोड सहयोग गरेपछि ट्वीकलले भनिन्, ‘अक्षयको श्रीमती हुनुमा गर्व गर्छु’



१८ चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरसका कारण समस्यामा परेका व्यक्तिको सहयोगको लागि भारतीय सरकारले राहत कोष खडा गरेको छ । जहाँ विभिन्न सेलिब्रेटीहरुले सहयोग गरिरहेका छन् । तीमध्ये अहिलेसम्म सबैभन्दा धेरै रकम दिने अभिनेतामा अक्षय कुमार परेका छन् । अक्षयले कोरोना प्रभावित व्यक्तिको लागि २५ करोड सहयोग गरेका छन् ।

अक्षयकी श्रीमती ट्वीकल खन्नाले ट्वीटरमा ट्वीट गर्दै अक्षय आफ्नो श्रीमान भएकोमा गर्व लागेको बताएकी छिन् । उनले अक्षयले २५ करोड सहयोग गर्न लाग्दा यति धेरै रकम साच्चै दिने हो त ? भनेर प्रश्न गरेकी थिइन् । जहाँ अक्षयले जवाफमा उनलाई भनेका थिए, सुरुवाती दिनमा मसँग केही थिएन । तर आज म सम्पन्न छु, म ति व्यक्तिलाई कसरी सहयोग नगरी बस्न सक्छु जोसँग केही छैन ।

अक्षयको यस्तो कुरा सुनेर ट्वीकलले आफूलाई निकै खुसी लागेको बताएकी छिन् । साथै उनले अन्य कलाकारलाई पनि यस्तो अवस्थामा देशलाई आफूले सकेजति सहयोग गर्न अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्