अभिनय छोडेर नायिका शिखा मल्होत्राले सुरु गरिन् नर्सको ड्युटी, मुम्बई अस्पतालमा गरिरहेकी छिन् बिरामीको उपचार



१८ चैत्र २०७६, काठमाडौँ

भारतमा कोरोना भाइरसको त्रास बढेसँगै भारतलाई २१ दिनसम्मको लागि लकडाउन गरिएको छ । जसका कारण सबै क्वारेन्टाइनमा रहेका छन् । यस्तै भारतीय सेलिब्रेटीहरुले पनि यस्तो अवस्थामा सरकारलाई सहयोग गरिरहेका छन् ।

कसैले राहत कोषमा रकम जम्मा गरिदिएर त कसैले गरिबलाई खाना उपलब्ध गराइदिएर, पानी उपलब्ध गराइदिएर कोरोनाका कारण समस्यामा परेका व्यक्तिहरुको सहयोग गरिरहेका छन् । यस्तैमा भारतीय नायिका शिखा मल्होत्राले केहीसमयको लागि आफ्नो अभिनयलाई छोडेर नर्सको काम सुरु गरेकी छिन् ।

शिखाले अभिनयमा आउनु अघि नर्सि गरेकी थिइन् । तर अभिनयमा आउँदा उनको पढाई पुरा भने हुन सकेको थिएन । अहिले उनले विरामीको सेवा गर्ने मनसायका साथ मुम्बईको जागेश्वरी ईस्टस्थित हिन्दु हृदय सम्राट बालासाहब ट्रमा हस्पिटलमा भोलुन्टियर नर्सको रुपमा काम गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्