कोरोना संक्रमित भएका हलिउड अभिनेता टम र उनकी पत्नी रीता स्वास्थ्यमा सुधार आएपछि घर फर्किए



१६ चैत्र २०७६, काठमाडौँ

केहीसमय अघि हलिउड अभिनेता टम ह्याक्स र उनकी पत्नी रीता विल्सनमा कोरोना संक्रमण देखिएको जानकारी टमले सामाजिक सञ्जाल मार्फत दिएका थिए ।

उनीहरु अस्ट्रेलिया घुम्न गएको समयमा उनीहरुलाई कोरोना संक्रमण देखिएपछि उनीहरु आइसोलेसनमा रहेका थिए । अहिले उनीहरुको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा सुधार देखिएपछि उनीहरु आफ्नो घर अमेरिका फर्किएका छन् ।

उनले अस्ट्रेलियामा आइसोलेसनमा बस्दा आफुहरुको हेरविचार गर्ने र सुस्वास्थ्यको कामना गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्