कोरोना प्रभाव : चलचित्र रिलिज नहुदाँ बलिउडलाई २ हजार करोड नोक्सान



१५ चैत्र २०७६, काठमाडौँ

कोरोनाका कारण मानिसको दैनिक जीवन अस्तव्यस्त बनेको छ । हरेक देशका मानिसहरु त्रासमा बसिरहेका छन् । कोरोनाको प्रत्यक्ष असर फिल्म क्षेत्रमा पनि देखिएको छ ।

भारतीय मिडियाले बताए अनुसार कोरोनाका कारण बलिउडलाई २ हजार करोड घाटा लाग्नेछ । किनकी कोरोनाका कारण अहिले भारतलाई लकडाउन गरिएको छ । कोरोनाको माहोल सामान्य हुन अझै केही महिना लाग्नेसक्ने भएकाले त्यसबेलासम्म बलिउडलाई २ हजार करोड घाटा लाग्ने अनुमान लगाइएको छ ।

त्यतिमात्र नभएर लकडाउनका कारण आउँदो इदमा रिलिज हुने भनिएको सलमानको राधे को को प्रदर्शन पनि अस्तव्यस्त भएका छन् । राधे सँगै प्रदर्शनको तयारीमा रहेका थुप्रै चलचित्रलाई घाटा भएको छ ।

ट्रेड एनालिस्ट अतुल मोहन भन्छन्, ‘लकडाउनपछि पनि तत्काल अवस्था सामान्य हुनेछैन । चीनमा लकडाउन सकिएको एक महिनापछि हलहरु खुल्न थालेका हुन्, तर अझैसम्म हलमा दर्शक छैनन् । यसरी हेर्दा जूनसम्म बलिउडलाई कूल दुई हजार करोड नोक्सान हुनेछ । विदेशमा सिनेमा घर बन्द भएका कारण ओभरसिज विना मेकर फिल्म रिलिज गर्ने जोखिम उठाउँदैनन् ।’

प्रतिक्रिया दिनुहोस्