लकडाउनको समयमा घरबाट बाहिर निस्कदाँ डा. महशुर गुलाटीले खाए पुलिसको डण्डा



१५ चैत्र २०७६, काठमाडौँ

यतिबेला भारतलाई पनि लकडाउन गरिएको छ । जसका कारण अधिकांश जनता क्वारेन्टाइनमा रहेका छन् । भारतमा प्रहरीले निकै कडा गरिरहेको छ । नियम तोडर घरबाट बाहिर निस्कनेलाई कुटेर घर पठाइरहेको छ ।

यस्तै सामाजिक सञ्जालमा यतिबेला निकै मिमहरु सेयर भैरहेका छन् । यसैबिच डा.महशुर गुलाटी अर्थात सुनिल ग्रोवरले पनि एक मिम सेयर गरेका छन् । जहाँ उनी बाहिर निस्कदाँ उनलाई पुलिसले कुटेको छ । हुन त यो तस्बिर सुनिलको एक चलचित्रको हो ।

तर सुनिलले सबैलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दै उक्त भिडियो सेयर गरेका हुन् । उक्त भिडियोलाई उनका फ्यानले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्