कोरोना पिडितलाई कमेडियन कपिल शर्माले गरे ५० लाख सहयोग



१४ चैत्र २०७६, काठमाडौँ

कोरोनाको त्रासका कारण भारतीय सरकारले भारतलाई २१ दिनसम्मको लागि लकडाउन गरेको छ । जसका कारण दैनिक मजदुर गरेर परिवार चलाउने मानिसलाई समस्या परेको छ ।

उनीहरुको राहतको लागि अहिले विभिन्न बलिउड सेलिब्रेटीहरुले सहयोग गरिरहेका छन् । अभिनेता ऋतिक रोशनले मजदुरहरुका लागि २० लाख सहयोग गरेका थिए । यस्तै कमेडियन कपिल शर्माले कोरोनाबाट प्रभावित भएका मजदुरको लागि ५० लाख सहयोग गरेका छन् ।

उनले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेका छन ।

कपिल आफैले सामाजिक संजालमा यो कुराको जानकारी दिएका छन् । उनले लेखेका छन्–‘यो समय ती मानिसहरुका लागि हातेमालो गर्ने हो, जसलाई हाम्रो आवश्यकता परेको छ । कोरोनासँगको यो युद्धमा म ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दछु । मेरो प्रार्थना छ कि, सबैजना घरमा सुरक्षित रहनुहोला ।’

प्रतिक्रिया दिनुहोस्