कोरोनाविरुद्धको कोषमा समाजसेवी तेजप्रसादको सहयोग



१४ चैत २०७६, काठमाडौं

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगार्थ सरकारले निर्माण गरेको कोषमा तेजप्रसाद तिमिल्सिनाले पच्चीस हजार सहयोग गरेका छन् ।

लामो समयदेखि समाजसेवामा सक्रिय काठमाडौं निवासी तिमिल्सिनाले निजी क्षेत्रबाट महिला विद्यालय संचालन गरी प्रौढ महिलाहरुलाई दशक बढीदेखि सेवा गरिरहेका छन् ।

उनले संचालन गरेको संजिबनी महिला विद्यालयबाट बार्षिक सयौंको संख्यामा प्रौढ महिलाहरुले एसईई परीक्षा दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्