आफू कोरोना संक्रमित भएको जान्दाजान्दै पार्टीमा गएकाले कनिका कपुरविरुद्ध मुद्दा



०८ चैत्र २०७६, काठमाडौँ

बलिउड गायिका कनिका कपुरविरुद्ध मुद्दा दर्ता भएको छ । उनी कोरोना संक्रमित भएको पुष्टि भैसकेको छ । बेलायतबाट फर्कने बेला एयरपोर्टमा नै उनीमा कोरोना देखिएको रहेछ । तर उनले कसैलाई नभनी धेरै मानिस भएको पार्टीमा कोरोना लागेको जान्दाजान्दै गएको भन्दै उनीविरुद्ध मुद्दा हालिएको हो ।

कनिका ९ मार्चमा बेलायतको लण्डनबाट भारतको अहमदाबाद आएकी थिइन् । कनिकाले चरम लापरबाही गरेको भन्दै उनीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

उनीविरुद्ध आइपिसीको धारा १८८, २६९ र २७० लाई टेकेर मुद्दा दर्ता गरिएको हो। यो धारामा लापरबाहीका साथै संक्रमण फैलाएर अर्काको ज्यानलाई संकटमा पार्ने उल्लेख छ।

यसबारे कनिकाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्