‘कोरोना भाइरस’ का कारण रणवीर र दिपिकाको ‘८३’ को प्रदर्शन पनि रोकियो



०७ चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरस का कारण अप्रिल १० बाट प्रदर्शनमा आउन लागेको रणवीर सिंह र दिपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र ८३ को प्रदर्शन रोकिएको छ ।

निर्माण टिमले कोरोनाका कारण फिल्मको प्रदर्शन अनिश्चितकालका लागि रोकिएको जानकारी दिएको विज्ञप्ती अभिनेता रणवीर सिंहले आफ्नो सोसल मिडियामा साझेदार गरेका छन् । ‘८३’ हाम्रो फिल्म मात्र होइन, सम्पूर्ण देशको फिल्म हो । तर, राष्ट्रको स्वास्थ्य र सुरक्षा सधैं पहिलो हुन्छ । सुरक्षित रहनुहोस्, सावधान रहनुहोस् ।

हामी छिट्टै फर्कनेछौं,’ विज्ञप्तीमा भनिएको छ ।

८३ को प्रदर्शन मिति सरेसँगै रणवीर र दिपिकाका फ्यान दुखी भएका छन् । तर चलचित्र भन्दा पहिले दर्शकको स्वास्थ्य ठूलो भएकाले ८३ लाई केहीसमय सम्मका लागि पोस्टपोण्ड गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्