‘सलमानको ब्रासलेटको मेरो भन्दा धेरै फ्यान छन्’ : टाइगर श्राफ



०७ चैत्र २०७६, काठमाडौँ

वार र बागी ३ ले बक्सअफिसमा सोचेभन्दा राम्रो कमाइ गरेपछि यतिबेला अभिनेता टाइगर श्राफ दङ्ग छन् । हुन त टाइगर पहिलेदेखि नै दर्शकमाझ लोकप्रिय थिए तर २ ब्लकबस्टर चलचित्र दिएपछि फ्यानसँगै बलिउडमा उनको डिमाण्ड पनि बढ्दै गएको छ ।

वार र बागी ३ मा टाइगरको एक्सन देखेपछि कतिपयले टाइगरलाई सलमान खानसँग तुलना गर्न थालेका छन् । तर यसबाट टाइगर भने त्यति खुसी छैनन् । उनी सलमान खान आफूभन्दा धेरै माथिल्लो स्तरमा रहेको मान्दछन् । उनले सलमानलाई निकै इज्जत पनि दिने गरेका छन् ।

यस्तै टाइगरले आफूलाई सलमानसँग तुलना गर्नेलाई गतिलो जवाफ दिएका छन् । उनले सलमानको ब्रासलेटको मात्रै आफ्नो भन्दा धेरै फ्यान रहेको बताएका छन् । यस्तै टाइगर अब चाडैँ नै सलमानसँग सहकार्य गर्दैछन् । उनले सलमानसँग काम गर्न आफू निकै उत्साहित रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्