कोरोनाको डरले परिवारबाट टाढिइन् सोनम



०७ चैत्र २०७६, काठमाडौँ

कोरोनाको त्रास बढेसँगै सेलिब्रेटीले आफूलाई सुरक्षित राख्न अनेक उपाय अपनाइरहेका छन् । बलिउड नायिका सोनम कपुर कोरोनाबाट बच्न क्वारेन्टाइनमा छिन् ।

सोनमले कोरोना भाइरस फैलिने डरले १४ दिन आफूलाई अरुबाट छुट्टै राखेकी छिन् ।  हालै सोनम र उनकी सासु टाढैबाट कुराकानी गरेको भिडियो सामाजिक सञ्जालमा छाएको छ ।

जहाँ सोनम र उनकी सासु घरको छत र भुईबाट कुरा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्