पत्नीलाई झुक्याएर प्रेमिका भेट्न जादाँ कोरोना लागेपछि..



०७ चैत २०७६, एजेन्सी

बेलायतमा एक व्यक्तिलाई प्रेमिकाबाट कोरोना भाइरसको संक्रमण लागेको छ ।

आफ्नै पत्नीलाई झुक्याएर प्रेमिकालाई भेट्न गएका एक वयस्कलाई कोरोना भाइरस संक्रमण प्रेमिकाबाट सरेको छ । पत्नीलाई बिजनेस मिटिङका लागि भन्दै ती व्यक्ति ब्रिटेन पुगेका थिए । उतैबाट उनी बिजनेस मिटिङ छलेर प्रेमिकालाई भेट्न इटाली पुगका थिए ।

प्रेमिकासँग केही दिन बिताएका ती व्यक्ति संक्रमित प्रेमिकाबाटै संक्रमित बनेका हुन् । संक्रमणपछि उनले आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष स्वीकार गरे पनि उनको नाम भने खुलाउन चाहेका छैनन् ।

३० वर्षीया ती युवती आइसोलेसनमै राखिएकी छन् । ‘द सन’को रिपोर्ट अनुसार यस्तो समाचार बाहिरिएको हो । ती व्यक्तिकी पत्नीलाई पनि अहिले आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्