बलिउड मोडल पूनम पाण्डेको ‘कोरोना किस’ ले तात्यो सामाजिक सञ्जाल



०६ चैत्र २०७६, काठमाडौँ

पूनम पाण्डे बलिउडकी निकै कन्ट्रोभर्सियल मोडल हुन् । उनी विविध कारणले मिडियामा छाइरहेकी हुन्छिन् । अहिले पनि सामाजिक सञ्जालमा उनको व्यापक चर्चा भैरहेको छ ।

संसार नै कोरोना भाइरस को त्रासमा रहेको बेला पूनमले पनि यसबारे सावधानी अपनाएकी छिन् । पूनमले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरेकी छिन् । जहाँ उनले मुखमा रुमाल बाधेर ब्वाइफ्रेण्डलाई लिपकिस गरिरहेकी छिन् ।

उनका ब्वाइफ्रेण्डले पनि मुखमा रुमाल बाधेका छन् । यो तस्बिर अहिले सामाजिक सञ्जालमा सर्वाधिक भाइरल भैरहेको छ । यसलाई कोरोना किस भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले चासो व्यक्त गरेका छन् ।

पुनमको यो तस्वीरलाई लिएर कतिले मास्कवाला लभ भनेका छन् भने कतिपयले कोरोना प्यार है भन्दै क्याप्सन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्