कोरोना भाइरस बाट बच्न अमिताभ र आलिया सेल्फ क्वारेन्टाइनमा



०६ चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरस बाट बच्नको कलाकारले अनेक सुरक्षा अपनाइरहेका छन् । यस्तै बलिउड अभिनेता अमिताभ बच्चनले पनि कोरोना भाइरस बाट बच्नको लागि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेको बताएका छन् ।

अमिताभले ट्वीटरमार्फत यो कुराको जानकारी दिएका हुन् । अमिताभले मात्र नभएर नायिका आलिया भट्टले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेको बताएकी छिन् । उनी अहिले घरमै आराम गरेर समय बिताइरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्