कोरोना भाइरसविरुद्धको लडाइँमा सघाउन दीपिका र प्रियंकालाई विश्व स्वास्थ्य संगठनको अपिल



०५ चैत्र २०७६, काठमाडौँ

संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस बाट सचेत हुनका लागि विश्व स्वास्थ्य संघले जनतालाई आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनले केहीसमयको लागि मानिसलाई घरमै बस्न, बेला बेलामा हात धुन अपिल गरेको छ ।

विश्व स्वास्थ्य संगठनले पनि यसरी जनचेतना फैलाउने काममा सहयोग गर्न सुपरस्टार सेलिब्रेटीहरुलाई आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एधानोमले ट्वीट गर्दै केही सेलिब्रेटीहरुलाई जनचेतनामा सघाउन अपिल गरेका छन् । उनले बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा र दीपिका पादुकोणलाई समेत अभियानमा सहभागी हुन आग्रह गरे ।

उनले सेलिब्रेटीहरुलाई ‘सेफ ह्याण्ड च्यालेन्ज’ अघि बढाउन अपिल गरेका छन् । यसबारे प्रियंका र दिपिकाले कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्