‘दि भ्वाइस अफ नेपाल’ सिजन १ का फाइनलिस्ट सप्तक दुतराजले भने : ‘दि भ्वाइस ले प्रतिभा उजागरको नाममा ठगी धन्दा गरेको छ’



०४ चैत्र २०७६, काठमाडौँ

दि भ्वाइस अफ नेपाल सिजन १ का फाइनलिस्ट सप्तक दुतराजले सामाजिक सञ्जालमा दि भ्वाइस अफ नेपाल सिजन १ लाई डेडिकेट गर्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन् । जुन स्टाटस अहिले जताततै निकै भाइरल भैरहेको छ ।

वास्तवमा सप्तकले दि भ्वाइसप्रति गुनासो पोखेका छन् । उनले दि भ्वाइस अफ नेपाल सिजन १ सकिएको लगभग २ बर्ष हुन लाग्दा पनि अहिलेसम्म कन्ट्रयाक पेपरमा साइन गराए अनुसार कुनैपनि काम नदिएको बताएका छन् ।

उनले दि भ्वाइसले संगीतको नाममा व्यापार गरेको पनि बताएका छन् । सप्तकले दि भ्वाइसले धेरै सपनाहरु देखाएर त्यसलाई पुरा भने नगरिदिएको गुनासो गरेका छन् । उनले उक्त स्टाटस दि भ्वाइसका निर्माता र होस्ट समेत रहेका सुशिल श्रेष्ठलाई पनि ट्याग गरेका छन् ।

सप्तकको स्टाटस जस्ताको तस्तै–

प्रतिक्रिया दिनुहोस्