किन मागे अहमदले कगंनासँग माफी ?



०४ चैत्र २०७६, काठमाडौँ

कोरियोग्राफर तथा निर्देशक अहमद खान केहीदिन यता विवादमा परेका छन् । उनले नायिका कगंना रणावतको बारेमा केही बोलेका थिए । जुन कुरा उनी आफैँमा भारी पर्न गएको छ ।

जसका कारण अहमदले कगंनासँग माफी समेत माग्नु परेको छ ।

उनले कंगनाले निर्माण गरेको ‘मणिकर्णीकाः द क्वीन अफ झाँसी’ फ्लप भएको र उनको आगामी फिल्म ‘धाकड’ बन्द भएको भनेको अन्तर्वार्तामा प्रकाशित भएपछि उनले माफी माग्नुपरेको हो।अहमदले माफी मागेको कुरा कंगनाकी बहिनी रंगोली चन्देलले आफ्नो ट्वीटरमार्फत् सार्वजनिक गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्