कोरोना विषयमा ‘कोरोना प्यार हे’ फिल्म बन्दै



०४ चैत्र २०७६, काठमाडौँ

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ले मानिसको दैनिक जीवन निकै प्रभावित बन्दै गइरहेको छ । यसको प्रत्यक्ष असर फिल्म क्षेत्रमा पनि देखिएको छ ।

यस्तै अब कोरोना भाइरस को विषयमा चलचित्र पनि बन्ने भएको छ । टाइम्स इन्डियाको रिपोर्ट अनुसार चलचित्रको नाम कोरोना प्यार हे राखिने भएको छ । चलचित्रको लागि अहिलेसम्म कोहीपनि कलाकार फाइनल भएका छैनन् ।

केहीदिनमै चलचित्रका लागि कलाकार र निर्देशक फाइनल गरिने बताइएको छ । यो चलचित्रले कोरोना बारे सन्देश दिने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्