‘बाहुबली’ नायिका तमन्नाको २० करोडको अर्पाटमेन्ट (फोटो सहित)



०४ चैत्र २०७६, काठमाडौँ

बलिउड तथा साउथकी चर्चित नायिका तमन्ना भाटियालाई सबैले बाहुबली नायिका भनेर चिन्ने गरेका छन् । हुन त तमन्नाले बाहुबली भन्दा पहिले नै धेरै सुपरहिट चलचित्र दिइसकेकी थिइन् ।

तर बलिउडमा चलचित्र बाहुबली को अस्तित्व नै अर्कै छ । जसका कारण तमन्नालाई पनि धेरै बाहुबली नायिका भन्ने गरेका छन् । उनी साउथ र बलिउडकी पनि डिमाण्डेड र महंगी अभिनेत्री हुन् ।

यिनै अभिनेत्रीको मुम्बईमा २० करोडको अर्पाटमेन्ट रहेको छ । सुरुमा उनले उक्त अर्पाटमेन्ट १६ करोडमा किनेकी थिइन् । पछि त्यसलाई मर्मत गर्न करिब ४ करोड लागेकाले उनको अर्पाटमेन्ट २० करोडको भएको छ । उक्त अर्पाटमेन्ट बाट चारैतिर समुन्द्रको दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्