‘अमेरिकन आइडल’ मा फेरि नेपालका दिवेशले मच्चाए तहल्का, जजहरुले उठेर भने ‘वान्स मोर’ (भिडियो)



०४ चैत्र २०७६, काठमाडौँ

नेपाली मुलका गायक दिवेश पोखरेलले यतिबेला अमेरिकन आइडल मा तहल्का मच्चाइरहेका छन् । उनको अडिसनको भिडियो निकै नै भाइरल भएको थियो । उनले अडिसनमा जजको मन जितिसकेका थिए ।

अर्को राउण्डमा त झन उनले अडिसनको भन्दापनि राम्रो प्रस्तुती दिए जसले दर्शक र जजको पनि मन जित्न सफल भयो । त्यतिमात्र नभएर दिवेशको लागि जजहरुले उठेर नै सम्मान दिए ।

स्टेज नाम आर्थर गनबाट चर्चित दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्यान्डल’ को दुई हरफ मात्रै गाउँदा निर्णायक मण्डललाई चित्त बुझेन तसर्थ गीतलाई निरन्तरता दिन आग्रह गरे ।

सुरुमा केटी पेरीले उठेर ‘मोर’ भनेर चिच्याइन् । त्यसपछि तीनैजना जज उठेर ‘मोर’ भन्न थाले । दिवेशले निर्णायक मण्डलको चाहना अनुरुप फेरि आफ्नो प्रस्तुतीलाई निरन्तरता दिए ।

यो दिवेशको लागि मात्र नभएर सम्पूर्ण नेपालीको लागि नै गौरवको कुरा हो । उनले अर्काको मुलुकमा गएर हाम्रो देशको नाम उच्च बनाइरहेका छन् । यस्तै दिवेशले जज र दर्शकबाट यतिधेरै राम्रो प्रतिक्रिया पाउँदा आफू असाध्यै खुसी भएको बताए । दिवेशसँगै दिवेशकी दिदि पनि उनलाई साथ दिनको लागि अमेरिकन आइडल को मञ्चमा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्