अन्तत: पूर्व मिस नेपाल उषा खड्गीको भयो डिभोर्स



०२ चैत्र २०७६, काठमाडौँ

अन्ततः पूर्व मिस नेपाल उषा खड्गीले श्रीमान जिपी तिमल्सिनासँग डिभोर्स गरेकी छिन् । लामो समयदेखि बजारमा यी दुईको डिभोर्सको हल्ला चलेको थियो । तर दुवैले डिभोर्स नभएको बताउँदै आएका थिए ।

अहिले भने एक कार्यक्रम मार्फत उषाले आफू जिपीबाट अलग्गिएको जानकारी दिएकी छिन् । जिपी र उषाले २ बर्षको प्रेमसम्बन्धपछि करिब १५ बर्ष अगाडी विवाह गरेका थिए ।

१७ बर्षको सम्बन्धलाई तोड्न उषाले आफूलाई सजिलो नभएको बताइन् । तर जिपीबाट शारिरीक र मानसिक रुपमा पनि दुव्र्यवहार भएपछि आफू अब उसँग बस्न नसक्ने भएकाले छुट्टीने निर्णय लिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्