‘कोरोना भाइरस’ का कारण रणवीर र दिपिकाको ‘८३’ को रिलिज डेट पनि सर्यो



०१ चैत्र २०७६, काठमाडौँ

अप्रिल १० बाट प्रदर्शनमा आउने भनिएको सर्वाधिक प्रतिक्षत बलिउड चलचित्र ८३ अब अप्रिल १० मा प्रदर्शनमा नआउने भएको छ । कारण कोरोना भाइरस ।

कोरोना भाइरस को संक्रमण भारतमा बढिरहेकाले ८३ को रिलिज डेट पछाडी सारिएको हो । केहीसमय अघि चलचित्रको ट्रेलर रिलिज गर्ने बताइएको थियो । तर त्यो पनि कोरोना भाइरस कै कारण रद्द भयो ।

अब ८३ कहिले प्रदर्शनमा आउँछ, त्यो भने थाहा छैन । कबिर खानले निर्देशन गरेको चलचित्रमा रणवीर सिंह र दिपिका पादुकोण  मूख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्