अक्टोबर २३ मा रिलिज हुदैँ बहुप्रतिक्षित चलचित्र ‘केजीएफ २’



०१ चैत्र २०७६, काठमाडौँ

केजीएफ सर्वाधिक कमाइ गर्न सफल चलचित्र हो । करिब २ बर्ष अघि प्रदर्शनमा आएको बलिउड चलचित्र केजीएफ को सिक्वेलको रुपमा केजीएफ २ निर्माण भैसकेको छ ।

केजीएफ २ को प्रदर्शन मिति तय गरिएको छ । केजीएफ २ अक्टोबर २३ मा रिलिज हुने भएको छ ।

फिल्म कन्नड, तेलेगु, तमिल, मलायालम र हिन्दी गरेर एकसाथ पाँच भाषामा रिलिज हुनेछ । प्रशान्त निल निर्देशित फिल्ममा यश, श्रीनिधि शेट्टी, संजय दत्त तथा रविना टन्डनको मुख्य भूमिका हुनेछ । फिल्ममा संजय दत्त खलनायकको भूमिकामा देखिनेछन् त्यस्तै रविना टन्डन यहि फिल्मबाट कमब्याक गर्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्