२७ बर्षदेखि पात खाएरै सास धान्ने यि व्यक्ति..



२९ फागुन २०७६, एजेन्सी

पाकिस्तानको पञ्जाव प्रान्तस्थित गुजरवाला जिल्ला निवासी मेहमूद बट नाम गरेका एक व्यक्ति २७ बर्षदेखि रुखका पात खाएकै भरमा बाँचिरहेका छन् ।

उनले अरु कारण नभइ गरीबीकै कारण यसो गर्नु परेको बताइएको छ । बटसँग कुनै रोगजार थिएन, खेतीपाती गर्ने जमिन पनि थिएन । खाना जुटाउँने कुनै उपाए नभएपछि उनले रुखका पात खान सुरुवात गरेका थिए। बिस्तारै बानी लाग्दै गयो । त्यसपछि त्यही पात खाएकै भरमा २७ सास धानिरहेका छन् ।

बटले भने,मेरो परिवार साह्रै गरीब थियो, मेरा लागि खाना जुटाउँनु निकै कठीन कार्य थियो । यस कारण मैले सोचें सडकमा भीक मागेर खानुभन्दा रुखका पात खाएरै जीवन गुजारा गर्छौं । केही बर्षपछि रोजगारी पाएर आर्थिक स्थिति सुधार आउँदा पनि बटको पात खाने आदत छुटेन ।

 

हाल आफूले दैनिक ६०० पाकिस्तानी रुपैयाँ कमाउने गरेको बताउने बट रुखका पात र हाँगाविगा खानु आफ्नो छुटाउँनै नसक्ने आदत भएको दावी गर्छन् । उनी आफ्नो खाना हरिया पात र रुखका हाँगा खोज्न विभिन्न ठाउँमा डुल्ने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्