विराटनगरको “कविता कन्सर्ट”मा कवि नवराज पराजुलीको प्रस्तुती



२६ फाल्गुन २०७६, काठमाडौं

विराटनगरमा हुन लागेको “कविता कन्सर्ट”मा कवि नवराज पराजुलीले विभिन्न कविता प्रस्तुत गर्ने भएका छन् ।

संकल्प नेपालद्वारा आयोजित “कविता कन्सर्ट”फाल्गुन ३० गते विराटनगरको इस्टर्न स्टार होटेलमा दिउँसो ३ बजेबाट शुरु हुने कन्सर्टका सल्लाहकार नविन पहाडीले परिवर्तन खबरलाई बताए । सल्लाहकार पहाडीका अनुसार कविता कन्सर्टमा लोकप्रिय कवि पराजुलीले विराटनगरका युवामाझ विभिन्न लोकप्रिय कविता प्रस्तुत गर्नेछन् ।

आयोजकका अनुसार ५ सय युवाहरुको सहभागिता हुने कन्सर्टबाट उठेको रकम धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको लागि सहयोग गरिने छ ।

प्रतिक्रिया दिनुहोस्