मोडल खुश्बु ओलीलाई २ बर्ष कैद फैसला



१७ फागुन २०७६, काठमाडौँ

मोडल खुश्बु ओलीलाई २ बर्षको जेल सजाय तोकिएको छ ।

लेनदेन विवादमा रकम नतिरेपछि शुक्रबार  जिल्ला अदालत काठमाडौँले खुश्बुलाई २ बर्ष कैदको फैसला सुनाएको हो ।

सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवालले ओलीविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेका थिए ।

मोडल ओलीले २ वर्षअघि घरजग्गा किन्नका लागि ३६ लाख मागेपछि उनले सापटी स्वरुप रकम दिएका थिए ।

कटुवालले रकम फिर्ता माग्दा ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिएपनि खातामा पैसा थिएन ।

प्रतिक्रिया दिनुहोस्